ट्रेण्डिङ

होमपेज / राजनीति

राजनीतिलाई कमाई खाने भाँडोको रुपमा लिन हुँदैन: भौतिक पूर्वाधार मन्त्री ज्वाला

  सल्यान खबर २०८० बैशाख १ गते शुक्रबार १८:३९:४० मा प्रकाशित

वैशाख १,सल्यान 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजनीतिलाई कमाई खाने भाँडोको रुपमा लिन नहुने बताउनु भयो । देश र  जनताको सेवा गर्नका लागि जिम्मेवारीमा गएकाले कमाउन र सम्पन्न हुनका लागि राजनीति पेसालाई नरोज्न आग्रह गर्नुभयो । 

एकीकृत समाजवादी सल्यानले नयाँ वर्षको अवसरमा खलङ्गामा आयोजना गरेको बधाई तथा शुभकामना आदान– प्रदान कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले धनी हुन र मोज मस्ती गर्नका लागि अरू नै पेसा अपनाउन सकिने भएकाले राजनीतिमा लोभी पापी हुन नहुने बताउनु भयो । सरकारमा पुगी सकेकाले जनताको पसिनामा कहिल्यै पनि लोभ लालच गर्न नहुने भन्दै मन्त्री ज्वालाले जनता माझ गरेका प्रतिबद्धता अनुसार काम गरेर देखाउने बताउनु भयो । उहाँले सार्वजनिक खरिद ऐन, सडक र यातायात व्यवस्था ऐन कानुनलाई व्यवस्थित गरी जनमैत्री र विकास मैत्री बनाउनुमा जोड दिएको बताउनु भयो । 

मन्त्री ज्वालाले भन्नु भयो, “प्रदेश संघ र स्थानिय तहलाई बलियो बनाउने कुरामा पनि हामी लागि परेका छौ, ” स्थानिय तहले गर्न नसकेका काम प्रदेशले गर्ने हो, सबै भन्दा पहिले प्रदेशलाई बलियो बनाउनु पर्छ, 

सङ्घीय सरकारले अभिभावकको रुपमा भूमिका खेल्ने भएकाले प्रदेश र स्थानिय तहलाई अधिकार सम्पन्न गराएर नागरिकका सेवालाई प्रभावकारी बनाउने बताउनु भयो । 

सल्यानी जनताको एउटै माग राप्ती लोक मार्ग सुधार गर्ने भएकाले पहिलो चरणमा सडक सुधार गर्ने, दोस्रो निर्माण चरणमा जाने मन्त्री ज्वाला बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top