ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड क्याम्पस सल्यानमा नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र सहित पदभार

  सल्यान खबर २०७९ चैत्र ५ गते आइतबार १९:५४:०५ मा प्रकाशित

चैत ५,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अवस्थित बनगाड क्याम्पस बनगाड सल्यानमा नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र सहित पदभार कार्यक्रम आयोजना गरिएको छ ।

स्ववियु निर्वाचनमा बनगाड क्याम्पसमा विद्यार्थी संगठन विच सर्वसहमतिमै पदाधिकारी चयन भएको थियो ।
जसमा स्ववियु सभापतिमा अजय विष्ट निर्वाचित भएका छन् । यस्तै उप सभापतिमा सिमा विसि, सचिवमा सुमित्रा केसि डाङ्गी , कोषाध्यक्षमा मोलाल साहु, सह सचिव डिलसरि यरी, सदस्यमा शिवा यरी , हिरालाल रोका, इन्द्रीरा राना र प्रकृति राना सहित ९ सदस्यीय दोश्रो कार्यकालको लागि नयाँ कार्यसमिति रहको निर्वाचन मण्डल संयोजक वीरेन्द्र शाहीले जानकारी दिए । पहिलो तथा  निवर्तमान स्ववियु सभापति इन्द्रबहादुर बुढाथोकीले माइन्ट हस्तान्तरण समेत गरेका थिए 

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष तथा नगर प्रमुख कर्णवहादुर वुढाथोकी, नगर उप प्रमुख पुरुषोतम आचार्य, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा वडा नं ६ का वडा अध्यक्ष गणेश विसि, क्याम्पस प्रमुख गणेश चन्द, अनेरास्ववियु क्रान्तिकारी कर्णाली प्रदेश सचिव ठगेन्द्र पुन, अनेरास्ववियुका जिल्ला उपसचिव कृष्ण विसि, अनेरास्ववियू देव बहादुर बिष्ट  लगायतले नव निर्वाचित पदाधिकारीलाई वधाइ एवम् शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top