ट्रेण्डिङ

होमपेज / राजनीति

अदुवा, बेसार र टिमुरको बजारीकरणमा समस्या हुँदैन: मन्त्री शर्मा

  सल्यान खबर २०७९ चैत्र ५ गते आइतबार १९:४७:३७ मा प्रकाशित

चैत ५,सल्यान 
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानले उत्पादन गरेको अदुवा, बेसार र टिमुरको बजारीकरणमा समस्या नहुने बताउनु भएको छ । अदुवाले बजार नपाएको भन्दै व्यापक गुनासो आइरहदा मन्त्री शर्माले भने बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताउनु भयो । 

आइतबार सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले किसान सहकारी र व्यापारीको च्यानलबाट गएमा अदुवा बेसार बजारीकरणमा कुनै समस्या नहुने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारका लागि सहकारीले जिम्मा लिने र सहकारीको जिम्मा प्रदेश सरकार र व्यापारीले लिने वातावरण निर्माण गरेमा यो समस्या समाधान गर्न सकिन्छ । किसानले उत्पादन गर्दै आएको उत्पादनको निर्यातका लागि भारतीय बजार कुर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न प्रदेश सरकारले प्रदेशमै खोलिएका विभिन्न कम्पनीसँग समन्वय गरी रहेको उहाँको भनाई छ । 

कर्णालीले आयात मात्र होइन निर्यात पनि गर्छ भन्ने उदाहरण दिने काम गर्न सबै लाग्नु पर्ने मन्त्री शर्माको भनाइ छ । प्रदेश सरकारले अदुवा प्रशोधन उद्योगलाई लागत साझेदारीका माध्यमबाट सहयोग गर्दै उद्योग व्यवसायीका लागि उत्साहजनक वातारण र्सिजना गर्ने बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top