होमपेज / राजनीति
फागुन २७,सल्यान
नेपाल विद्यार्थी संघले जनकल्याण क्याम्पस थारमोरमा तालाबन्दी गरेको छ ।
स्ववियु निर्वाचनको विषयमा जिल्लामा भएको निर्णय मान्य नहुँने भन्दै नेपाल विद्यार्थी संघ जनकल्याण क्याम्पस इकाई कार्यसमितिले क्याम्पसमा तालाबन्दी गरेको हो ।
आगामी चैत्र ५ गते हुनगइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा क्रियाशिल ६ विद्यार्थी संघ संगठनले सात क्याम्पसमा सहमतिका साथ जाने निर्णय गरेको थिए । उक्त निर्णयमा असन्तुष्टि जनाउँदै क्यम्पसमा तालाबन्दी गरिएको क्याम्पस इकाई कार्यसमितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्लामा क्रियाशिल सम्पूर्ण विद्यार्थी संगठनहरूको सहमतिमा क्याम्पसहरुमा भागभण्डा गरिएको थियो । तर सल्यानको क्षेत्र नं १ मा नेपाल विद्यार्थी संघलाई एउटा पनि क्याम्पस नपरेको र जनकल्याण क्याम्पस थारमारेमा नेपाल विद्यार्थी संघको बलियो सम्भावना हुदाहुदै नेतृत्वले कुनै छलफल सल्लाह नगरी हस्तक्षेपकारी तरिकाले सहमति गरेकोमा इकाई समितिको आपत्ति रहेको भन्दै विज्ञप्तिमा निकाल्नुका साथै क्याम्पसमा तालाबन्दी समेत गरेको जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको हकमा नेवि संघ जनकल्याण क्याम्पस इकाईलाई अन्याय भएकोले न्यायोचित ढङ्गको सहमतिको माग गर्दै यो निर्वाचन प्रक्रियामा सहभागी नहुने र बहिष्कार गरिएको व्यहोरा विज्ञप्तिमार्फत जानकारी गराएको छ । ६ संगठनको सहमतिमा जनकल्याण क्याम्पसको स्ववियू सभापति माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पाउने भएको छ ।






.jpg)