होमपेज / राजनीति
फागुन २४,सल्यान
लैगिङ्क समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस २०७९ बनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखाले मनाएको छ ।
समान काम समान ज्यालाको माग गर्दै ११५ औं वर्ष पहिला समानताका लागी कपडा उद्योगबाट बिद्रोहको सुरुवात गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भयो । ११३ वर्ष देखि सस्थागत गर्दै अहिले महिला विरुद्धको आन्दोलन सस्थागत भएको उहाँले बताउनु भयो । अहिले महिलाहरु विभिन्न क्षेत्रमा प्रमुख पदको जिम्मेवारी पदमा रहेर काम गरि रहेको त्यसको थप क्षमता अभिबृदिका लागि नगरपालिका थप सहयोग गर्ने समेत बताउनु भएको छ । आगामी दिनहरूमा थप ग्रामीण बस्तिहरुमालिन समेत व्यक्त गर्नु भएको छ ।
नगर उप प्रमुख पुरुषोत्तम आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव पोख्रेल ३ न वडा अध्यक्ष धनबहादुर पुनमगर ६ न वडा अध्यक्ष गणेश विसि लगाएत उपस्थिति रहेको थियो ।
११३ औं नारी दिवसको अवसरमा खुला कुर्सी दौड र घैटो फोड प्रतियोगिता सम्पन्न भएको छ ।
घैटो फोडमा प्रथम विपना बुढाथोकीले ५ लिटरको प्रेसर कुकर पुरस्कार पाउनु भएको छ । यस्तै कुर्सी दौडमा ध्रवा कुमारी थापा प्रथम, पम्फा पुन दोश्रो, कस्तुरी विक तेस्रो र राजकुमारी खत्री सान्त्वना हुनु भएको छ । उहाँहरुले क्रमशः ५ लिटर, ३ लिटर, २ लिटर, १ लिटरको प्रेसर कुकरको पुरस्कार प्राप्त गर्नु भएको छ ।
निरु शाहीको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन लक्ष्मी शाहीले गर्नु भएको थियो ।





.jpg)