होमपेज / राजनीति
फागुन १८,सल्यान
एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा हिरालाल नेपाली निर्वाचित हुनु भएको छ । संगठनको आठौं अधिवेशनबाट नेपालीको अध्यक्षतामा २७ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा टिकाराम आचार्य, सचिव रविकिरण ओली र कोषाध्यक्षमा मनविर केसी निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा देवेन्द्र रावत, संगिता बुढा, लालविर रेग्मी, द्रोणा चन्द, चक्र बहादुर केसी, प्रेमराज मल्ल, होमराज मल्ल, शिवलाल भट्टराई, टेकम चन्द, दीपक गिरी, रमण गौतम, धनविर ओली, कुल बहादुर खड्का, झलक केसी, लोक बहादुर बस्नेत, दल बहादुर केसी रहनु भएको छ ।
नव निर्वाचित अध्यक्ष नेपालीेले समग्र सल्यान जिल्लाको शैक्षिक परिवर्तन, शिक्षकहरुको पेशागत हकहित र आफ्नो संगठनको उच्च गतिशीलताका निम्ति इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।





.jpg)