होमपेज / राजनीति
काेराेना रोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लक–डाउन’ शुरू भएसँगै सीमा क्षेत्र र बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरू गरेको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले हटलाइन सेवा शुरू गर्ने निर्णय गरेको हो ।
कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा शुरू गर्ने निर्णय गरेको छ ।
घर फर्कने उद्धेश्यले यात्रा शुरू गरी लक–डाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकले सेवाको उपयोग गरी सरकारलाई आफ्नो अवस्थाबारे जानकारी दिनसक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए ।
मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्नेछ ।
रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले उद्धार गर्ने निर्णय लिएको बताइएको छ ।





.jpg)