ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल मगर संघ सल्यानको अध्यक्षमा गिता पुन मगर

  सल्यान खबर २०७९ भाद्र २५ गते शनिबार १८:०६:१९ मा प्रकाशित

भदौ २५,सल्यान 
नेपाल मगर संघ जिल्ला समिति सल्यानको अध्यक्षमा गिता कुमारी पुन मगर निर्वाचित हुनु भएको छ । शनिवार सल्यान सितलपार्टीमा सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशनले पुन मगरको अध्यक्षतामा २१ सदस्सीय समिति गठन गरेको हो । 

जसको वरिष्ठ उपाध्यक्षमा कविराज पुनमगर, उपाध्यक्ष प्रेरणा घर्तीमगर, सचिव ज्ञानेन्द्र पुनमगर, सह सचिव सपना पुन मगर, कोषाध्यक्ष सावित्रा पुन मगर रहनु भएको छ । 
यस्तै सदस्यहरुमा लक्ष्मी पुन मगर, पार्वर्ती बुढा मगर रहनु भएको छ ।

१० पछि थप्ने गरी २१ सदस्सीय जिल्ला संघ गठन गरिएको नवनिर्वाचित अध्यक्ष गिता पुन मगरले जानकारी दिनु भयो । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्दीय सदस्य तथा कर्णाली प्रदेश इन्जार्च ठगेन्द्र पुन मगर, नेपाल शिक्षक संघ शारदा नगर कार्यपालिका सदस्य दिनेश विएमले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top