होमपेज / राजनीति
चैत १३,सल्यान
नेकपा (माओवादी केन्द्र) शारदा नगरपालिका ७ को बिस्तारित बैठक तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बिस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रम गरेको पार्टीले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा माओवादीलाई निर्वाचित गराउन सबै लागी पर्नु पर्ने प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताले बताएका छन् । माओवादीले सञ्चालन गरेको जनयुद्धको जगबाट नै संघीयता देशमा आएको बताउँदै उक्त संघीयतालाई कार्यान्वयन गर्न र सफल बनाउन पनि माओवादीले बढी क्रियाशिल हुनु पर्ने वक्ताहरुको भनाई रहेको पार्टी अध्यक्ष कृष्ण बुढाथोकीले बताए ।
बैठकले टोल टोलमा जाने निर्णय गर्नुका साथै वाइसियल वडा समिति समेत निर्वाचित गरेको छ । कार्यक्रममा नेकपा एमालेबाट पार्वती दमाई र धनी कामी र नेपाली कांग्रेसबाट दिलमाया रोका माओवादीमा प्रवेश गरेका छन् ।
केन्द्रिय सदस्य टिका बुढाथोकी, प्रदेश सदस्य पबित्रराज शर्मा, नगर अध्यक्ष नवीन सिंह भडेल उपाध्यक्ष सुक देब बि.क. सचिव लिला बहादुर रोका जिल्ला समन्वय समिति सदस्य अमदिन मिया हुसेन लगायतले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।





.jpg)