ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओली गफाडी भइसके, ‘बा’ भन्दिए पुग्छ: नेपाल

  सल्यान खबर २०७८ पौष ९ गते शुक्रबार १९:०६:२३ मा प्रकाशित

पुस ९,सल्यान 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी ओली गफाडी मात्रै भएको बताएका छन् । जनतालाई आश्वासन दिने तर जनभावना विपरीत काम गर्ने भएकाले ओली गफाडी नै भएको दाबी गरे । 

 शुक्रवार खलङ्गामा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीकै असमता र घमन्डका कारण पार्टीमा बेमेल भई टुटफुट हुन पुगेको आरोप लगाए । ‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन, दुई तिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उनले भने ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले विद्रोह गरेका हौँ, यसको सुरुवात कर्णालीबाट भएको हो ।’ कम्युनिस्टको खोल ओढेर ओलीले यसरी गफ लगाउँदैमा कम्युनिस्ट हुन नसक्ने उनको भनाई छ ।

ओलीलाई आफ्ना केही आसेपासे बा भनेर सम्बोधन गर्दा मक्ख परी बसी रहेको र ती बा भन्नेहरू पनि धेरै दिन नटिक्ने दाबी गरे । 

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीकै कारण एमाले पार्टीको भविष्य अन्धकार बनेको र सूर्य चिन्हमा ग्रहण लागेको बताए । पार्टी र देशको विकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उनको दाबी गरे  ।

 आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबिच गठबन्धन हुने बताउँदै उनले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top