ट्रेण्डिङ

होमपेज / राजनीति

युवा सङ्घ कपुरकोटको ४५ सदस्यीय कमिटी

  सल्यान खबर २०७८ आश्विन २ गते शनिबार १८:४८:५० मा प्रकाशित

सल्यान, २ असोज । 

नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ कपुरकोट गाउँपालिकाले वृहत् भेला सहित प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । भेलाले कुवेर केसी संयोजक रहेको ४५ सदस्यीय पालिका कमिटी पनि गठन गरेको छ ।

यस्तै कपुरकोटका ६ वटै वडामा संयोजक पनि तोकिएको युवा सङ्घ सल्यानका अध्यक्ष रूपक बुढाले जानकारी दिए । वडा नं १ मा नर बहादुर राना, २ मा वीर सिंह विक, ३ मा चन्द्रमणी खड्का, ४ मा विश्वास बुढा, ५ मा गेहेन्द्र पुन र ६ मा नवीन महातरालाई वडा संयोजकको रुपमा चयन गरिएको बुढाले बताए । 

कार्यक्रममा   नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष भीम बहादुर सेनले उत्साहका साथ युवाहरूको भेलामा देखिएको सहभागिताले जनताको प्रिय पार्टी नेकपा एमाले अझै सशक्त बनेको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले देशभरको अवस्था हेर्ने हो भने केवल ९ प्रतिशत मात्रै समाजवादी तीर विभिन्न प्रलोभनमा परेर गएको भन्दै खराब तत्त्वहरू आफै बाहिरिँदा पार्टीमा थप हौसला र उमङ्गको सङ्केत देखिएको जनाए । 

प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका संयोजक घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँपालिका संयोजक लोकेन्द्र खड्का, जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका सह संयोजक ओम बहादुर बुढा, युवा सङ्घ सल्यानका संयोजक रूपक बुढा लगाए तले बोल्दै जनप्रिय काम र विकास निर्माणका कामले एमाले झनै मजबुत बन्दै गएको बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top