होमपेज / राजनीति
२६ फागुन सल्यान
नेपाल तरुणदल दार्मा गाउँकार्य समिती सल्यानको अध्यक्षमा कर्ण बहादुर चन्द निर्वाचित भएका छन।दार्मा गाउँकार्य समितिको पहिलो अधिबेशनबाट चन्द निर्बिरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन।
नेपाल तरुण दल सल्यानले संगठन बिस्तारको कार्यलाई दिएको तिब्रतसँगै आईतवार जिल्लाको दार्मा गाउँपालिकाको फारुलामा पालिका स्तरिय अधिबेशन गर्दै चन्दको अध्यक्षतामा निर्विरोध १५ सदस्यीय गाउँकार्य समिति बिस्तार गरिएको तरुण दल सल्यानले जनाएको छ।
अधिबेशनबाट उपाध्यक्षमा नरेश बुढाथोकी,सचिबमा अजय मल्ल र महेश कुमार बिक,सहसचिवमा लक्ष्मण बिक,कोषाध्यक्षमा दिपेन्द्र चन्द निर्वाचित भएका छन। राम बहादुर शाही,पदम पान्डे,रोसन बाबू रोकाए,केशब चन्द,निर्देशन रोका,टेक बहादुर केसि,दिपक चन्द,ललित वलि र प्रेम बुढाथोकी सदस्य पदमा निर्वाचित भएको तरुणदल सल्यानका कार्यबहाक अध्यक्ष सबिन हमालले बताएका छन।
अधिबेशनबाट बिशाल सिंह ठकुरी,महेश्वरि शाही र रमेश चन्दलाई संरक्षक पदमा मनोनित गरिएको छ।बिरेन्द्र चन्दलाई जिल्ला कार्यसमितीमा मनोनितको लागि अधिबेशनले सिफारिस गरेको छ।
अधिबेशनको उद्द्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी एकराज डाँगीले नेपाली कांग्रेसको शसक्त र चलायमान सस्था नेपाल तरुण दल भएको बताएका छन।कांग्रेस ब्यक्ति नभएर सिद्धान्त भएको बताउदै उनले बिचारका हिसाबले कांग्रेस कमजोर नभएको बताए।कांग्रेसले आफू सरकारमा रहेकाबेला गरेका कामहरु प्रचार गर्ननसकेको दाबी गर्दै आफुले गरेका सम्पुर्ण कामहरुको बारेमा जनतालाई भन्नुपर्ने बिचार ब्यक्त गरे।
कार्यक्रममा बोल्दै तरुणदल सल्यानका अध्यक्ष सन्तोष केसिले तरुण बलियो हुनुनै नेपाली कांग्रेस बलियो हुने धारणा राखेका थिए।
पुर्ब अग्रजहरुले बचाएको नेपाली कांग्रेसलाई बनाउन तरुण शक्ति आबश्यकता रहेको बताएका छन।छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष र नेपाली कांग्रेसको क्षेत्रीय सभापती समेत रहेका केसीले अन्य पार्टीसँग पछाडि सर्नेबेला नभएको भन्दै बिपिको समाजबाटलाई पछ्याउँदै एक ढिक्का भएर लाग्न आग्रह गरेका छन। कांग्रेसलाई जनताले प्रतिपक्षीको भुमिकामा बस्नको लागि मत दिएकाले असल प्रतिपक्षीको भुमिका खेल्नुपर्ने बिचार ब्यक्त गरेका छन।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापती गोरख बहादुर खत्री,जिल्ला कार्यसमिति सदस्य रामचन्द्र केसि,अजित प्रकाश चन्द,टेकबहादुर केसि,शेरबहादुर चन्द,रमेश केसी,सबिन हमाल लगाएतकाले मन्तव्य राखेका थिए।उनिहरुले पार्टिको बारेमा चर्चा गरेका थिए।कार्यक्रमको संचालन कृष्ण बहादुर वलिले गरेका थिए।





.jpg)