ट्रेण्डिङ

होमपेज / राजनीति

गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने अधिकार गाउँपालिकालाई नै

  सल्यान खबर २०७६ फाल्गुण २४ गते शनिबार १९:५२:४२ मा प्रकाशित

सल्यानको छत्रेश्वरी गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने अधिकार स्थानीय गाउँपालिकाकै भएको कर्णाली प्रदेशले बताएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने अधिकार गाउँपालिकाकै रहेको भन्दै निर्णय फिर्ता पठाएको हो । 

शुक्रबार कर्णाली प्रदेशको मन्त्रीपरिषदको वैठ्कले छत्रेश्वरी गाउँपालिकाको केन्द्र तारुपारेमा सार्न र छत्रेश्वरीबाट परिवर्तन गरी पाथिभरा कायम गर्न माग गरिएको निर्णय गाउँपालिकामै पठाइएको कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला केसीले बताइन । हाल छत्रेश्वरी गाउँपालिकाको केन्द्र साविक छायाँक्षेत्र गाविस भवनबाट सञ्चालन हुदै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top