ट्रेण्डिङ

होमपेज / राजनीति

एन्टी–डम्पिङ विधेयक संसदमा पेश

  सल्यान खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी संसद्मा सेफगार्ड्स, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक पेश गरेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड्स, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक पेश गरेका हुन्।

प्रतिनिधि सभाले विधेयक पारित गरेपछि अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरूपमा प्रतिबन्ध हुनेछ। उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्यधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न सघाउ पुर्‍याउन विधेयक पेश गरेको बताए।

उनले विदेशी कम्पनीलाई नत्थि लगाउन नभइ स्वदेशी उत्पादनको बजार व्यवस्थित गर्न विधेयक ल्याउनु परेको बताए।

मन्त्री यादवले पेश गरेको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ। यसअघि सैद्धान्तिक छलफलको क्रममा सांसदहरूले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरका थिए। सरकारले गत फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता गरेको थियो । विधेयक हुबहु पारित भए अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुको आयातमा रोकिने छ भने डम्पिङ गरिएको देखिए भन्सार र अतिरिक्ति एन्टी–डम्पिङ शुल्क लाग्ने छ।

यस्तै, अन्तर्राष्ट्रिय बजारबाट भित्रने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ।

विश्व व्यापार संगठन (डब्ल्यूटिओ) ले यस्ता वस्तुको आयात निर्यात गर्न नहुने बताए पनि नेपालमा हालसम्म यस्ता वस्तु आयात रोकिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top