ट्रेण्डिङ

होमपेज / राजनीति

संविधानमा मौलिक हकको व्यवस्था गरियो तर कार्यन्वयन भएन

  सल्यान खबर २०७७ चैत्र ३ गते मंगलबार १९:१३:४८ मा प्रकाशित

चैत ३,सल्यान 
संविधानमा व्यवस्था गरिएका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष लागि पर्नु पर्ने सल्यान खलंगामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । मौलिक हकमा धेरै अधिकारको प्रत्याभुत गरेको भएता पनि त्यसको कार्यन्वयन पक्ष फितलो हुँदा प्रभावकारी हुन नसकेको बताएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगले सल्यान खलंगामा आयोजना गरेको मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिक र राज्यबिच पुलको काम संविधानले गर्दै आइरहेको बताए । 

कार्यक्रममा बोल्दै जिल्ला न्यायधिबक्ता भिमसेन काफ्लेले संविधानमा मौलिक हकको व्यवस्था गर्ने तर कार्यन्वयन पक्ष फितलो हुँदा राज्यको पहुँचबाट टाढा भएका नागरिकले मौलिक हकको प्रत्याभूति गर्न नसकेको बताए । मौलिक हकलाई कायन्वयनमा ल्याउन सबै पक्ष जागरुक बन्नु पर्ने उनको भनाई छ । 

यस्तै राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालयका प्रमुख झंकर बहादुर रावलले मानवअधिकारमुखी पद्धतिको विकासबाट मात्र सबैको मानवअधिकार प्रयोग गरेको प्रत्याभुति हुने बताए । जनसहभागिताको अधिकार, योगदानको अधिकार र प्रतिफलको अधिकारबाट नै मानव अधिकार विकास पद्धतिको विकास हुने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top