ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

माओवादीबाट आएका २३ जना केन्द्रीय सदस्य

  सल्यान खबर २०७७ फाल्गुण २८ गते शुक्रबार १७:०५:०९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका छन्। 

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन। 

सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो। 

बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ। जसअनुसार माओवादीसँग एकता गर्दा मनोनित ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन्। योसँगै अब एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय भएको छ। त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top