ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय दलको नेतामा प्रचण्ड चयन

  सल्यान खबर २०७७ फाल्गुण २१ गते शुक्रबार १७:१०:२७ मा प्रकाशित

२१ फागुन,

नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो 

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।

योगेश भट्टराईसहित ४ जना भने विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको यो समूहले जनाएको छ ।

प्रचण्ड माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको बताएको थियो ।

तर सर्वोच्च अदालतले संसद विघटन बदर गरेको बदलिँदो अवस्थामा प्रक्रियागत रुपमा फेरि संसदीय दलको नेता चयन गरेको यो समूहको दावी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top