ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आचारसहिंता हात्तिको देखाउने दाँत जस्तै भयो:सरोकारवालाहरु

  सल्यान खबर २०७७ फाल्गुण ६ गते बिहीबार १७:०१:५३ मा प्रकाशित

फागुन ६,सल्यान 
सल्यान खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचन आयोगले जारी गर्ने आचारसहिंता हात्तिको देखाउने दाँत जस्तै भएको बताएका छन् । दाँत देख्दा निकै डर लाग्ने तर त्यसको कुनै अर्थ नरहेको बताएका छन् । 

जिल्ला निर्वाचन कार्यालय सल्यानले बिहिबार खलंगामा आयोजना गरेको निर्वाचन आचारसहिंता कार्यन्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले निर्वाचन आयोगले आचारसहिंता कार्यन्वयन नगर्ने निकायलाई कारवाहीको दायरामा नल्याउँदा आचारसहिंता हात्तिकको देखाउने दाँत जस्तै भएको बताए छन् । 
कार्यक्रममा बोल्दै नेकपाका जिल्ला नेता रमेश कुमार गौतमले निर्वाचनको खेल मैदानमा कुनै पनि दल नआएको अवस्थामा कसरी खेल हुन सक्छ भनी प्रतिप्रश्न गरेका छन् । प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनलाई लक्षित गरेर मात्र आचारसहिंता आएको भन्दा पनि जुनसुकै समयमा पनि हुन सक्ने निर्वाचनको लागि आवश्यक पर्ने आचारसहिंताको पक्षमा आफूँहरु रहेको बताए । ओलीले कदमले देशलाई स्थिरता तिर लाने भन्दा पनि अस्थिरता तिर धकेलेको बताए । 

नेकपाकै ओली समूहका नेता गणेशमान सिहंले लोकतन्त्र प्रति विश्वास राख्ने राजनीतिक दलहरु निर्वाचनमा सहभागि हुनु पर्ने बताए । 
नेपाली काँग्रेसका जिल्ला सभापति पति गणेश चन्दले निर्वाचन आयोगले जारी गरेको आचारसहिंता हात्तिको देखाउने दाँत मात्रै भएको बताए । निर्वाचनको समयमा आचारसहिंता उल्लघंन गर्ने कुनै पनि निकायलाई कारवाही नहुँदा आचारसहिंता माथि प्रश्न उठेको बताए । हचुवाको भरमा घोषणा गरिएको निर्वाचनले देशलाई स्थिरता नदिने उनको दावी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top