ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा २६ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

  सल्यान खबर २०७७ फाल्गुण १ गते शनिबार १६:३८:५९ मा प्रकाशित

फागुन १,सल्यान 
सल्यानमा शहिद स्मृति तथा सम्मान कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाका दस वटै पालिकामा विभिन्न कार्यक्रम गरी २६ औं जनयुद्ध दिवस तथा शहिद स्मृति दिवस मनाइएको हो । 

सल्यानमा शसस्त्र द्धन्द्धको क्रममा २ सय ४४ जनाले ज्यान गुमाएका छन् भने दुई दर्जन बढी अहिले पनि वेपत्ता भएका छन् । दिवसको अवसरमा सल्यानका प्रथम तीन शहिद खिम बहादुर डिसी, धन बहादुर थापा, र हेमराज केसीको शालिकका माल्यापर्ण गरिएको छ । यस्तै बागचौर नगरपालिका ९ प्लाटुन चौर, छत्रेश्वरी गाउँपालिकाको गुराँसेमा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ । 

वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२र६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। 
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।

जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ हाल बारपाक सुलिकोट गापा-८० मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top