ट्रेण्डिङ

होमपेज / राजनीति

गोविन्द पुन लगायत तीन जनालाई नेकपा सल्यानले (प्रचण्ड–माधव समूह) गर्‍यो कारवाही

  सल्यान खबर २०७७ पौष १६ गते बिहीबार १६:५८:४३ मा प्रकाशित

पुस १६,सल्यान
 प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असवंधानिक र अलोतान्त्रिक कार्यलाई समर्थन गरेको भन्दै नेकपा (प्रचण्ड– माधव समूह) सल्यानले पार्टी अध्यक्ष सहित तीन जनालाई कारवाहीका लागि प्रदेशमा सिफारिस गरेको छ ।

नेकपा (प्रचण्ड माधव समूह) को बसेको तस्रो पूर्ण वैठ्कले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गोविन्द पुन सहित, प्रदेश सदस्य लोक बहादुर डाँगी र भीम बहादुर सेनलाई कारवाहीका लागि प्रदेशमा सिफारिस गरिएको जानकारी गराइएको हो ।  

जिल्लाबाट केन्द्रीय कमिटी, प्रदेश कमिटी, , केन्द्रीय सल्लाहाकार समिति,  प्रदेश परिषद  सल्लाहकार कमिटीमा प्रतिनिधित्व गर्ने दुई तिहाई बढी नेताहरु र जिल्ला कमिटीका पनि दुई तिहाई बढी सदस्यहरुको उपस्थितिमा अध्यक्ष पुनलाई कारबाहीको लागि प्रदेश कमिटीमा सिफारिस गरिएको उक्त समुहले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

त्यस्तै बैठकले जिल्लाका विभिन्न पालिकाहरुका ईञ्चार्जहरुको जिम्मेबारी पनि हेरफेर गरेको छ । कपुरकोट गाउँपालिकाका नेकपा इन्चार्ज भिम बहादुर सेनले केपी ओलीको कदमलाइ समर्थन र सहयोग गरेको भन्दै उनलार्इ हटाएर उनको ठाउँमा भद्रसिंह बुढालाइ इन्चार्ज तोकेको छ ।

यस्तै सिद्ध कुमाख गाउँपालिकाको ईञ्चार्जमा सुम्निमा डि.सीं. त्रिवेणी गाउँपालिकाको इन्चार्जमा टिका बुढाथोकीलाई तोकिएको छ ।

त्यस्तै जिल्लामा जसपाको सम्पूर्ण टिम सहित आएको सन्तोष राई र दिपक सोनीलाई जिल्ला कमिटीमा मनोनित गर्ने र पार्टीको युवा र विद्यार्थीको जिल्ला भेला पौष २१ गते श्रीनगरमा गर्ने पनि निर्णय गरिएको पार्टी सचिव कर्ण बहादुर बुढाथोकीले जानकारी दिए  । पार्टीले माघ १ गते सल्यानमा बृहत जिल्ला स्तरिय कार्यकर्ता भेला  गर्ने निर्णय समेत गरेको उनले बताए  ।
माघ १ गते हुने भनिएको उक्त जिल्ला स्तरिय भेलालाई नेकपाका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज  जनार्दन शर्मा ‘प्रभाकर’ ,प्रदेश सह इञ्चार्ज कालिबहादुर मल्ल, प्रकाश ज्वाला, प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज टेकबहादुर बस्नेत लगाएत नेताहरुले सम्बोधन तथा प्रशिक्षण गर्ने नेकपा प्रचण्ड नेपाल समुह सल्यानले बताएको छ ।

बैठकले पार्टीको काम तथा आन्दोलनको कामलाई व्यवस्थित गर्न जिल्लाका सवै स्थानिय तहहरुसम्म पार्टीका भेला तथा बैठक गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

जस अनुसार जिल्लाको बनगाडकुपिण्डे र शारदा नगरपालिकामा पौष १७ गते, कुमाख र छत्रेश्वरी गाउँपालिकामा पौष १८ गते, त्रिवेणी र दार्मा गाउँपालिकामा पौष १९ गते, बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा पौष २० गते र कालिमाटी र सिद्ध कुमाख गाउँपालिकामा पौष २१ गते पार्टीका भेला बैठक तथा प्रशिक्षण गर्न र ति बैठकहरुले वडा र टोल सम्मका कार्यक्रम निर्धारण गर्ने निर्णय गरिएको बताईएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top