ट्रेण्डिङ

होमपेज / राजनीति

वामदेवका लागि संविधान संशोधन गर्न नेकपाले बनायो माधव नेपालको संयोजत्वमा कार्यदल

  सल्यान खबर २०७६ फाल्गुण ११ गते आइतबार १७:५३:५४ मा प्रकाशित

फागुन ११, २०७६ काठमाडौँ :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजान संविधान संशोधन प्रक्रिया अघि बढाउने भएको छ।

त्यसका लागि नेकपाले तीन सदस्यीय कार्यदल बनाएको छ।  शनिबार बसेको सचिवालय बैठले तीन सदस्यीय कार्यदल निर्माण गरेको हो। माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनेको हो।

गौतमलाई राष्टियसभा सदस्य नेकपाले संविधान संशोधन गर्न लागको हो। हाल अर्थमन्त्री रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएसँगै राष्ट्रपतिबाट मनोनीत गरिने कोटाबाट वामदेवलाई नेकपाले राष्ट्रिय सभामा लाने तयारी गरेको हो। यसअघि गौतमलाई नै उपाध्यक्ष बनाउन पार्टीको विधानसमेत संशोधन गरेको नेकपाले अब उनैका लागि संविधान नै संशोधन गर्न लागेको हो।

वामदेवले यसअघि संविधान संशोधन गरेर प्रधानमन्त्री बन्‍ने बाटो खुला गर्न माग गर्दै  राष्टियसभामा जान अस्वीकार गरेका थिए। वामदेवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सिटमा २० फागुनपछि लैजान लागिएको हो। यसअघि मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ। एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको थियो।

डेढ वर्षको कसरतपछि गौतम ‘मनोनित सांसद’का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन्। ‘वामदेव गौतम कमरेडलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको छ। औपचारिक निर्णय हुन बाँकी छ। कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ,’ नेकपा सचिवालयका एक सदस्यले भने।

आमनिर्वाचनमा बर्दियाबाट पराजित भएका वामदेवले पटक पटक संसदमा छिर्न उपनिर्वाचन लड्ने कोसिस गरेका थिए। डोल्पा, बाँके, काठमाडौं-७ हुँदै कास्की २ को उपनिर्वाचनमा पनि उनले लड्ने इच्छा देखाएका थिए।  तर उपनिर्वाचनमा पार्टी कार्यकर्ताले नै हराइदिने डर बुझेपछि वामदेवले कास्की २ को उपनिर्वाचनपछि प्रतिनिधिसभामा जाने योजनाालई तिलाञ्जली दिएका थिए। तर त्यसपछि उनले फेरि राष्ट्रिय सभामा जान जोडबल गरे। उनको जोडबल राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्‍न पाउने प्रावधानमा थियो।\

तर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत नभएपछि यसअघि माघ ९ को राष्ट्रिय सभा निर्वाचनमा उनी भाग लिएनन्। अब नेकपा नेतृत्व राष्ट्रिय सभाका सदस्यलाई पनि प्रधानमन्त्री बन्‍ने बाटो खोल्न तयार भएपछि वामदेव त्यहाँ जान तयार भएका हुन्।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top