ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त

  सल्यान खबर २०७७ मंसिर १२ गते शुक्रबार १७:१२:१५ मा प्रकाशित

कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

खड्का दैलेख नारायण नगरपालिका-८ निवासी हुन् ।

पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि खाली रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।

यस्तै, बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ल (सुदीप)लाई नियुक्त गर्ने निर्णय गरेको छ । मल्ल नेकपा सुर्खेतका सह-इन्चार्जसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top