ट्रेण्डिङ

होमपेज / राजनीति

साझा पार्टी सल्यानको संयोजकमा राना

  सल्यान खबर २०७७ कार्तिक २ गते आइतबार २२:१२:४९ मा प्रकाशित

भीम बहादुर परियार कात्तिक २, सल्यान 
साझा पार्टी जिल्ला समिति सल्यानको संयोजकमा जनकराज राना निवार्चित भएका छन ।

कर्णाली प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य गेहेन्द्र प्रसाद दाहालको प्रमुख अथित्यतामा  निवर्तमान जिल्ला संयोजक तथा केन्द्रीय सदस्य घनश्याम विश्कर्माले  जिल्ला कमिटी आइतबार झुम बैठकबाट घोषणा गरेका हुन ।
जसको सदस्यहरुमा  तेजबहादुर  बोहरा,पुर्ण सुबेधी,गेद बहादुर अधिकारी,शालिक ताम्राकार, कृष्णा बुढाथोकी, जनक बिक, पुर्ण रेउले,गणेश भण्डारी, कमल खडका,शिव प्रशाद कंवर, मनिराम बिक,बबिराम बिष्ट  चयन भएका छन,। 
 
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई  तथा शुभकामना  दिदै केन्द्रीय  सदस्य कर्णाली प्रदेश प्रमुख गेहेन्द्र प्रसाद दाहालले  जन्ता सधै सडकमा हुनुपर्ने र सरकार माथीबाट दमन गरीरहने ब्यबस्था अन्त्य गर्न यो पार्टी  निर्माण  भएको र यसको मर्म र भावना जन्ताका जनजिवीका माझ पुग्ने पार्टी बन्ने दावी गरे । 

केन्द्रीय सदस्य घनश्याम बिश्वकर्मले साझा पार्टीले वैकल्पिक विचारको नेतृत्व गर्दै पद्धति, पारर्दशिता, इमानदारीता र उत्कृष्टतालाई आफ्नो चार खम्बे नीति बनाएको  बताए । विशेषतः शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातलाई राज्यको मूल दायित्व भित्र राख्नु पर्ने कुरा साझाले जवर्जस्त उठाउदै आएको   र यस सवालमा राज्य गम्भीरतापूर्वक सचेत नभएको  आरोप लगाए । 

बैचारिक तथा सैद्धान्तिक आधारमा लोक कल्याणकारी प्रजातान्त्रिक मान्यतालाई आत्म साथ गर्दै जन्ताको जनजिविका, स्वास्थ,शिक्षा,र सामाजिक न्याय रोजगारीलाई सुलभ र सरल बनाउदै भ्रष्टाचारका अन्त्य तथा सुशासन कायम गर्न अवको बैकल्पिक शक्ति साझा पार्टी  भन्ने मुल नारा लिदै आइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top