होमपेज / राजनीति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशमा देखिएको समस्या रोक्न आग्रह गरेको छन्। मुख्यमन्त्री महेन्द्र शाही विरुद्ध परेको अविश्वासको प्रस्तावलाई अगाडि नबढाउन सुझाएका हुन्।
अहिले अविश्वासको प्रस्ताव अघि बढ्दा पार्टीभित्र समस्या उत्पन्न हुनसक्ने भएकाले प्रदेश सभा सदस्य यामलाल कँडेललाई टेलिफोनमार्फत उपनेता नेम्वाङले विवाद अघि नबढाउन आग्रह गरेका हुन्।
‘यामलाल कँडेल जीले मलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाको बारेमा सोध्नुभएको थियो। तर, मैले अहिले अविश्वासको प्रस्ताव अघि बढाउनेबारे नसोच्नुहोस्। त्यसलाई रोक्नुपर्छ एकताबद्ध भएर अघि बढ्नुपर्छ भनेको छु’, उनले भने, ‘पार्टीभित्र अध्यक्षद्वयले पनि मिलाउनतर्फ केन्द्रीत भइरहनुभएको छ। त्यसैले यसलाई रोक्नुपर्छ भनेको छु।’
पार्टीभित्र नराम्रो सन्देश जानले भएकोले कर्णालीको विवाद थप अघि बढ्नबाट रोक्न शिर्ष नेताहरु लागेको उनले बताए। ‘अध्यक्षद्धय हिजोपनि बस्नुभयो। आन्तरिक छलफल गरिराख्नुभएको छ। महासचिव ज्यू पनि लागिराख्नु भएको छ’ उनले थपे, ‘पार्टीभित्रको समस्या समाधान गर्नका लागि लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेललाई समेत छलफलका लागि काठमाडौँ बोलाएका छौँ।’
'कर्णाली प्रदेशका मन्त्रीहरुले मलाई फोन गरेर राजीनामा दिने बारेमा जानकारी गराउनुभएको थियो। तर, मैले उहाँहरुलाई राजीनामा नदिनुहोस् भनेर रोकेको छु' उनले भने, 'अहिलेको सरकारलाई कसरी प्रधानमन्त्री रुपमा सञ्चालन गर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्छ'
कर्णालीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अघि बढेपछि नेकपाभित्र शिर्ष नेताहरूबीच दौडधूप भइरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायत आफू निकट नेताहरुसँग भेटवार्तालाई तिव्रता दिइरहेका छन्।
मुख्यमन्त्री शाहीले आफू विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने गुलाबजंग शाहलाई सचेतक पदबाट हटाएर अर्को नियुक्ति समेत गरेका छन्। मुख्यमन्त्री शाही अध्यक्ष दाहाल निकट हुन् भने मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अघि ल्याउन कँडेल प्रधानमन्त्री ओली निकटका हुन्।
आइतबार तत्कालिन माओवादीको ३ सहित १७ जना प्रदेश सांसदले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री तत्कालीन माओवादी केन्द्र हुन्। उपसभामुखसहित जम्मा ३३ जना सांसद रहेको सत्तापक्षकै १८ जनाले हस्ताक्षर गरेका छन्।
कर्णाली प्रदेश सह इन्चार्जसमेत रहेका र मुख्यमन्त्रीको दाबेदार थिए।
तत्कालिन माओवादीबाट उपसभामुख भएकी पुष्पा घर्ती विष्टले पनि प्रस्तावमा हस्ताक्षर गरेकी छन्। बहालवाला मन्त्री बाहेक तत्कालिन एमालेका सबै प्रदेशसभा सदस्य रहेका छन भने तत्कालिन माओवादीबाट उपसभामुख पुष्प घर्ती विष्ट, ठम्मर विष्ट र धर्मराज रेग्मीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। तर, अध्यक्ष दाहाल र नेता नेपाल निकट नेताहरुले सहमतिको नजिक पुगेको स्रोतको दाबी छ। thahakhabar





.jpg)