ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी पास भएरै छाड्ने प्रधानमन्त्री ओलीको दावी

  सल्यान खबर २०७६ फाल्गुण ३ गते शनिबार १६:०५:२१ मा प्रकाशित

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले दुई वर्षमा गरेका कामबारे शनिबार संसद्लाई जानकारी दिने क्रममा उनले सरकार एमसीसी पास गर्ने पक्षमा रहेको प्रष्छट पारेका हुन् । एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद भएपछि अध्ययन गर्न कार्यदल नै बनाएको छ ।

तर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीबारे विवाद होला, अलि-अलि बुझ्न बाँकी होला । राजनीतिक दलहरुको विषय होला ।

राजनीतिक दलहरुले अध्ययन गर्लान्, यो आफ्नो ठाउँमा छ । तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ । सभामुखले निर्णयार्थ पेश गर्नासाथ पास हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top