ट्रेण्डिङ

होमपेज / राजनीति

कपुरकोट गाउँपालिकाका २१ टोलमा नेकपाको कमिटी निर्माण

  सल्यान खबर २०७७ आश्विन ५ गते सोमबार १८:४५:०४ मा प्रकाशित

सल्यान, ५ भदौ । 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कपुरकोट गाउंपालिकामा २१ वटा टोल कमिटी गठन गरेको छ ।

पार्टीलाई थप बलियो र मजबुत बनाउनका लागि संगठन निर्माण कार्यलाई महत्वका साथ अघि बढाइएको नेकपा कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए । उनका अनुसार कपुरकोट गाउंपालिकामा अझै १५ भन्दा बढी टोल कमिटी गठन हुन बाँकी रहेका छन्  । सो क्रममा नेकपाको विचार र जनप्रीय कामबाट प्रभावित भएर एक सय ५० बढी व्यक्तिहरु कांग्रेस राप्रपा लगाएतका पार्टी परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको अध्यक्ष शर्माको भनाई छ । 

संगठन निर्माणकै क्रममा सोमबार कपुरकोट २ को दानवांगमा पन्चविर बुढा अध्यक्ष र चित्र बहादुर सुनार सचिव रहेको २३ सदस्यिय टोल कमिटी गठन गरिएको नेकपा कपुरकोटले जनाएको छ । २ नम्बर वडा कमिटी अध्यक्ष शेर बहादुर पुनका अनुसार नव गठित कमिटिको सपथग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ । 
सो अवसरमा बोल्दै नेकपा कर्णाली प्रदेश कमिटी सदस्य भद्रसिंह बुढाले कम्युनिष्टकै नेतृत्वमा नै देशमा समृद्धि सम्भव रहेको बताए । उनले पार्टीलाई मजबुत बनाउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । 

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले हरेक वडा तथा वस्ती सम्म विकासस पुर्याउन आफुहरु लागिपरेको बताए । आफुहरुकै पहल र जोडमा कपुरकोेट १ र २ मा सडक, खानेपानी, विद्युत जस्ता पूर्वाधारको विकास गरेको बताउदै दानवाङ क्षेत्रको खानेपानीलाई आगामी वर्ष ब्यवस्थीत गरिने बताए । 

कार्यक्रममा नेकपा सल्यानका सदस्य तथा कपुरकोट गाउँपालिका कमिटी अध्यक्ष घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य ओम बहादुर बुढा, प्रदेश परिषद सदस्य द्रोण केसी, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, गाउँ कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, पालिका कमिटी सदस्य मान बहादुर राना, भुवनेश्वर गौतम, ईश्वर बुढा, तेजु थापा, हरि बहादुर नेपाली, शिक्षक संगठन कपुरकोट ३ का अध्यक्ष कुल बहादुर बुढा लगाएतले मन्तव्य राखेका थिए । 

नेकपा कपुरकोट २ का सचिव नवराज बुढाले कार्यक्रमको सञ्चालन गरेका थिए । दानवाङ टोल कमिटीका सदस्यहरुमा भम बहादुर घर्ती, झक्कु प्रसाद घर्ती, हुम बचन्द, रेशम घर्ती, पवित्रा बुढा, गोमा बुढा, पिमलाल घर्ती, शुक बहादुर बिक, अर्जुन राना, टीका बुढा, धना घर्ती, लाल बहादुर बस्नेत, टोप बहादुर घर्ती, राम कुमारी बाँठा, विष्णु प्रसाद पुन, टेक बहादुर विक, विर बहादुर चन्द, ओम प्रकाश बुढा, एकराज घर्ती, हिरा बहादुरर बुढा र शुक बहादुर बुढा रहेको वडा कमिटी अध्यक्ष शेर बहादुर पुनले जानकारि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top