होमपेज / राजनीति
सल्यान, ३० भदौ ।
सल्यानको कपुरकोट गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले टोल कमिटी निर्माण कार्यलाई तिब्रता दिएको छ ।
नेकपा कपुरकोट ४ नम्बर वडा कमिटीले गाँडापानिका दुई टोलमा कमिटी निर्माण गरेको जानकारी दिएको छ । वडा कमिटी अध्यक्ष मित्रलाल कठायतका अनुसार साविकको ८ नम्बर वडा मा १७ सदस्यीय र साविकको ९ नम्बर वडामा १८ सदस्यीय टोल कमिटी निर्माण भएको छ ।
चुनवाङ टोलमा छविलाल ओलि अध्यक्ष, रामलाल विक उपाध्यक्ष र गोविन्द विक सचिव रहेको १८ सदस्यीय कमिटी सर्वसहमत रुपमा गठन गरिएको कठायतले जनाए । जसको सदस्यहरुमा ज्ञान बहादुर विक, चाउरे विक, किरण विक, इन्द्र बहादुर रावत, लिला विक, पितम विक, भुमि विक, मंगली विक, अमर बहादुर विक, सुक बहादुर विक, चन्द्र प्रकाश रेउले, लोक बहादुर विक, जगत रावत, डिल्ली वली र निर्मला वली रहेका छन् ।
यस्तै तल्लो गाँडापानीमा टिकाराम कठायत अध्यक्ष, चन्द्रकली थापा सचिव रहेको टोल कमीटि गठन भएको वडा कमिटी सचिव खड्क सिंह ठकुरीले जानकारि गराए । सदस्यहरुमा दयाराम ओली, मुन्साराम ओली, कमला केसी, रेशम केसी, धनसिंह बुढा, छविलाल पुन, कुल बहादुर थापा, दल बहादुर घर्ती, टोपेन्द्र घर्ती, दुजराज रेउले, सिता यरी, सरिता वस्नेत, मान बहादुर कुवर र कर्ण बहादुर कठायत रहेका छन् ।
कार्यक्रममा नेकपा कपुरकोट गाउँपालिका कमिटी सदस्यहरु हरिला पुन, तेज बहादुर वोहोरा, अञ्जना वोहोरा, चित्र बहादुर थापा, मंगल सिंह विक लगाएतको उपस्थिति थियो ।





.jpg)