होमपेज / राजनीति
भदौ १६, सल्यान
अवैध चन्दा संकलन गरेको आरोपमा सल्यान प्रहरीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका ६ मौलोहाले बजारमा चन्दा संकलन गरि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विप्लव समूह निकट युवा संगठनका जिल्ला सदस्य २२ वर्षीय प्रकाश गिरी र अर्का १८ वर्षीय गोरख केसी रहेका छन् । मौलोहाले बजारमा व्यापारीसँग नगद १५ हजार चन्दा संकलन गरी रहेको अवस्थामा उनीहरुलाई सोमबार रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुले प्रयोग गरेको रा ४ प ६९३८ न मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रकाश गिरीको साथबाट एक हजार भारु र २३ हजार ३ सय ३० रुपैयाँ बरामद गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनीहरुलाई चन्दा असुली गर्न नहुने मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





.jpg)