होमपेज / राजनीति
भदौ १४, सल्यान
जिल्लाको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार सल्यान खलंगामा पत्रकार सम्मेलन गरी अध्यक्ष केसीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन ।
पत्रकार सम्मेलनमा अध्यक्ष केसीले चल अचल सम्पत्ति सार्वजनिक गरेका छन् । उनले श्रीनगर, लान्ति, दाङ र काठमाण्डौमा पाँच वटा घर, श्रीनगर र लान्तिमा दुई वटा घडेरी, दाङमा ११ कठठ १६ धुर जग्गा र सल्यानमा २४ रोनी १४ आना २ दाम २ पैसा भएको जानकारी दिए । यस्तै २२ तोला गरगहना रहेको सार्वजनिक गरे ।
काठमाण्डौको घरबाट मासिक ५० हजार, दाङको घरबाट मासिक २ लाख ५० हजार भाडा आउने गरेको बताए । यस्तै व्यापार व्यवसायबाट वार्षिक ५० देखि ६० लाख , भाईले मासिक ७ लाख पारिश्रमिक लिने गरेको बताए । व्यापार व्यवसाय गर्दा विभिन्न बंैकमा ७ करोड ९५ लाख ५० हजार ऋण रहेको समेत बताए ।
एक राजनीतिककर्मी भएको नाताले आफ्नो सम्पत्ति सार्वजनिक गरेको उनको भनाई छ । जनतालाई आफुले गरेको कामको पारदर्शीताका लागि समेत यस्तो कार्य गरेको उनको भनाई छ ।





.jpg)