ट्रेण्डिङ

होमपेज / राजनीति

गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा कांग्रेसद्वारा संसद् अवरुद्ध

  सल्यान खबर २०७६ माघ २३ गते बिहीबार १३:३९:१९ मा प्रकाशित

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेकोमा संसद् अवरुद्ध गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको हो। प्रतिनिधिसभा बैठकमा कांग्रेसले फरक पार्टी र विचारको आधारमा रहेर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताको लाचार छाया बनेर मुद्दा दायर भएको आरोप लगाएको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि मुद्दा दर्ता गरेको भन्दै सच्च्याउन माग गरेकी थिइन्।

भुसालले भनाइ राखिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए। त्यसक्रममा सभामुख अग्‍नि सापकोटाले थुप्रै विधेयकहरुमाथि छलफल गर्नु पर्ने भन्दै संसद् अवरुद्ध नगर्न आग्रह गरेका थिए। तर कांग्रेसले अवरुद्ध जारी राखेपछि सभामुख सापकोटाले शुक्रबार अपराह्‍न१ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top