ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यान दार्मामा जनज्योति तेस्रो खेलकुद सप्ताह सुरु 

  सल्यान खबर २०८१ पौष २३ गते मंगलबार २१:४५:२८ मा प्रकाशित

राम प्रकाश शर्मा पुष २३,सल्यान 
सल्यानको दार्मा गाउँपालिकामा जनज्योति तेस्रो खेलकुद सप्ताह मंगलबारबाट सुरु भएको छ । जनज्योति माध्यमिक विद्यालय फारुलाचौरको आयोजनामा खेल सप्ताह सुरु गरिएको हो । 

विद्यालयको खेल क्षेत्रको विकासको लागि खेल सप्ताह आयोजना गरेको आयोजकले जनाएको छ । मंगलबारएक कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै  दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सी ले विद्यालयले पहिलेका बर्षहरु भन्दा यति बेला बर्षहरुमा शैक्षिक उपलब्धिमा उल्लेखनीय सुधार गरेको र खेल क्षेत्रमा पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै सबै बिद्यालय परिवारलाई धन्यवाद दिनु भयो 

अध्यक्ष के सी ले विद्यालय दार्माको नमुना बिद्यालय भएको भन्दै पालिका सरकारले सबै क्षेत्रमा सहयोग गरेको र आगामी दिनहरुमा पनि बिशेष प्राथमिकता दिने बताउनु भयो । त्यस्तै कार्यक्रमका  पालिका उपाध्यक्ष जुना मल्ल चन्दले खेलकुदले  विद्यार्थी खेलाडीको  स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेमात्रै नभएर खेलाडीबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भुमिका रहेकोले हामी सबैले खेल र खेलाडीको बिकाश र संरक्षन गर्नुपर्नेमा जोड दिनु भयो।

 खेल सप्ताह प्रतियोगितामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको गरि ७६७  बिद्यार्थी सहभागी हुने आयोजक जनज्योति माध्यमिक विद्यालय फारुलाका प्रधानाध्यापक मिन ओलीले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top