ट्रेण्डिङ

होमपेज / कला/साहित्य

रोग आउछन् सिकाउछन् मेरो मेरो भन्न छोड

गजल

  सल्यान खबर २०७७ असार ६ गते शनिबार ०९:५८:३६ मा प्रकाशित

सबै कुरा सहे मित्र सहनु नै जिन्दगी हो
नदी जस्तै नरोकिई बहनु नै जिन्दगी हो

बैकुण्ठको कथा जस्तै नहोस यहाँ कसैको प्रेम
आफ्नो ब्याथा आफैसित कहनु नै जिन्दगी हो

रोग आउछन् सिकाउछन् मेरो मेरो भन्न छोड
बाचँ अनि बचाउ जीवन रहनूनै जिन्दगी हो

अरुको नै पृथ्वीमा तिम्रो अनि हाम्रो यात्रा
प्रकृतिको सिको गर्दै लहनु नै जिन्दगी हो

अरु देख्दा पारी पारी नपार्नु यो टाउको भारी
उद्देश्यको खोजी गर्दै गहनु नै जिन्दगी हो

प्रतिक्रिया

सम्बन्धित खवर

Top