होमपेज / कला/साहित्य
सिद्ध गुफा साथमा राखी जिल्लाकै टावर बनेको स्वाभिमान मेरो कुमाख
सबैको आकाङ्क्षा पुरा गर्नमा पौराणिक प्रसिद्धि पाएको मेरो कुमाख ।।
उसकै काखमा बगिरहेछन भेरी,मर्म र गुरुदासे खोला
विविध बन्यजन्तु र पंक्षीहरुलाई निस्वार्थ संरक्षण दिएको स्वाभिमान मेरो कुमाख ।।
इमान्दार सदाबहार जान्दै शुन्दर प्रकृतिमा सजिएको मेरो कुमाख
चिनाली, सल्ली, जिमाली र भेरी किनारको उर्वर भूमीलाई आशिर्वाद र हौसला दिएको मेरो कुमाख ।।
राष्ट्र, प्रदेश र जिल्लाकै पहुँचबाट ओझेलमा परेको मेरो कुमाख
कुरिती, कुसंस्कार त्यागी नयाँ चेतना बाट आत्मनिर्भर बन्न गौरव गर्छ मेरो कुमाख ।।
स्थानीय साहित्य, कला संस्कृति र पौरखी हातलाई चुम्दै आत्मा सम्मान खोजिरहेछ मेरो कुमाख
कृर्षि क्रान्ति र आधुनिक विकासको अपेक्षा गर्दै सर्ब सम्पन्न हुन खोजिरहेछ मेरो कुमाख ।।
जातिय विभेद, शोषण रहित समाज,रोजगारका स्रोतहरु खोजिरहेछ मेरो कुमाख
सक्षम जनशक्ति बाहिर नगई आफ्नै उर्वर भूमीमा पौरख र श्रम गर्न अपिल गर्छ मेरो कुमाख ।।
आफ्नै रमणिय, शुन्दर र हराभरा प्रकृतिमा रमाएको कति स्वाभिमान मेरो कुमाख ।





.jpg)