होमपेज / कला/साहित्य
तिमी आए देखि
मैले दिखिरहेको छु
मेरो गाउँको चोक,
पिपल बोट,
पाटी पौवा ,
भञ्ज्याङ् ,
चौतारी,
तरु लतिका,
वारीपारि ,
जताततै
आगनदेखि अगेनासम्म
तमासै तमासा ।
हरेक दिन बिहान
नित्य कर्म जस्तै गरि
मेरो गाउँको मुखिया
एक हुल मान्छे पछाडी लाएर
नजिकैको चोक पिपलबोट पुग्छ ,
बालक युवा वयस्क र बद्ध
इत्यादि को साथमा र
दिन थाल्छ अनवरत प्रवचन
एक तमासले सुनिरहन्छ्न
ती मनुवा एकहोरियर ।
जो काचो माटो जस्तै छ्न
जो फलाम सरि छ्न
र जो अनुभवले मुडा जस्तै छ्न
यी यस्त यस्तै मान्छेहरु ,
फेरि एक हुल युवा
परिवर्तनका संवाहक
मध्यान्हको समय
प्रचण्ड गर्मी तापको बिछ्यौना
जुवाको खाल पैसाको काल
आगनमा रहेको अरुको बोट
अनि मेवाको फेद , भान्सा कोठा
गोठको कुना कहिल्यै खाली छैन
अह कुनै दिन एक्लै छैन
कहिले – लोकल चेसको आवाज
कहिले – बिचल्लीको आवाज
कहिले – चिच्याहटको आवाज
कहिले –क्रन्दनको आवाज
कहिले –गुहार गुहारको आवाज
कहिले – बचाउ – बचाउको आवाज
कहिले – ऐँचो पैँचोको आवाज
कहिले–सर सापटिको ।
बिछिप्त आवाजको साथमा
लकडाउनको सदुपयोग यसरी गर्दैछन
मेरो गाउँको पाटि, पौवा, भञ्ज्याङ् ,
चौतारी ,चोक र पिपलबोटले
कोरोनातिमी आयदेखि
मैले देखि रहेको छु जताततै
यस्त यस्तै तेस्त तेस्तै
आगनदेखि अगेनासम्म
तमासै तमासा
तिमी आए देखि
मैले दिखिरहेको छु ,
मेरो देशमा उदाएको बिहानी सुर्जे
कलकल बग्ने नदिनाला
कालिगण्ड्की पारी बाट
नियाली रहेका छन
परदेश छिरेका एक थरी
मेरो देशका बन्धुबान्धब
युवायुवती बृद्धबृद्धा
एक तमासले
मन खिन्न खिन्न पारी
जो सिङ्गो कालिगन्डकी
राप्ती, बागमती,
कोशी,कर्णाली
तर्न साहस गर्छ्न ,
जो सगरमाथा आरोहण
गर्ने प्रयत्न गर्छन
जो देशको माया मुटुमा
आफ्नो जिम्मेवारी काधमा
बोकेर सदाबहार
उदाउन, दौडन चहान्छ्न
आफ्ना हातहरुलाई पखेटा
खुट्टाहारुलाई पाङग्रा सम्झेर
सात समुन्द्र पारीबाट
तिम्ले खाने डर भन्दा
भोकले खाने डर
तिम्ले मार्ने डर भन्दा
भोकले मर्ने डर
डर डरको आसङ्काले
एका बिहानै खुला पत्र कोर्छन
प्रदेशीहरुको फलानोलाई खुल्ला पत्र शिर्षक राखेर
सात समुन्द्र पारिको त्यो
कहालिलाग्दो दृश्य
परेवाले खुट्टामा च्यापेर ल्याएको
तरु लतिका भञ्ज्याङ् चौतारी हुदै
अन्तराङ्ग मनबाट अखबार पढ्दै
मैले देखि रहेको छु जताततै
स्वदेश बिदेश तरु लतिका इत्यादीमा पनि
कोरोना तिमि आय देखि
यहि यस्त – यस्तै , तेस्त – तेस्तै
जस्ताको –तस्तै
आगनदेखि अगेनासम्म
तमासै तमासा
मैले देखि रहेको छु जताततै
अभाव, सन्त्रास,आक्रान्त
भोक,शोक ,पीडा , दर्द
मेरो बस्ती , उनको बस्ती
उहाँको बस्ती त्यहाँको बस्ती
र हामी सबैको बस्ती जताततै
तिम्रो बास जहाँ जहाँ हुन्छ तेहितेही
बस तिमी जहाँ छैनौ त्यहाँको बस्ती बाहेक
नत्र
आँगनमा – खामाको
चोकमा – बिचौलियाहरुको
चौतारिमा –भरियाहरुको
गुडँमा – बचेराहरुको
पाटिपौवामा – दौँतरीको
भञ्ज्याङ्मा – न्याउलिको
तरुलतिकामा – चखेवाहरुको
अगेनामा – आमाको
मैले देखि रहेको छु
यी यस्तै इत्यादी ठाउँहरुमा जताततै
कोरोना तिमि आय देखि
यहि यस्त – यस्तै , तेस्त –तेस्तै
जस्ताको –तस्तै
आगन देखि अगेना सम्म
तमासै तमासा





.jpg)