होमपेज / कला/साहित्य
बसन्तको सौगात छ नयाँ बर्ष तिमिलाई
आफू शिशिरको उजाड भएतापनि ।
दुई शब्दको उपहार छोडिदिन्छु नयाँ वर्ष तिमिलाई
त्यस्तो अमुल्य बस्तु दिन नसकेतापनि ।
मुसुक्क हासेर हेरिदिन्छु नयाँ वर्ष तिमिलाई
आफू आँसु को नदिमा चुर्लुम डुबेतापनि ।
मिलनको सम्झना बनाइराखिदिन्छु नयाँ वर्ष तिमिलाई
आफू बिछोडको भूमरीमा भौतारिएतापनि ।
प्रगतिको सन्देश छ नयाँ वर्ष तिमिलाई
आफू साउने झरिको भेलभएतापनि ।
लालिगुरास जस्तै सुबाष दिन्छु नयाँ वर्ष तिमिलाई
षडयन्त्रका जालहरु जतिसुकै बुनिएतापनि ।
सगरमाथाको उचाइमा पुग्नुछ नयाँ वर्ष तिमिलाई
कोरोनाको कठिन लामो यात्रा भएतापनि ।।





.jpg)