ट्रेण्डिङ

होमपेज / कला/साहित्य

अब छिट्टै मर्छस् कोरोना

गजल

  सल्यान खबर २०७६ चैत्र २८ गते शुक्रबार १३:३६:५२ मा प्रकाशित


लासको थुप्रो टेक्दै विश्व सएर कति गर्छस कोरोना ? 
फूलै फूलको बगैंचामा विषकति  छर्छस् कोरोना ?
एसियाबाट युरोप हुँदै पुगिसकिस् विभिन्न देशमा पनि
लागे हुन्छ आफ्नै बाटो पिछा कति लाग्छस् कोरोना
उजाड पारिस् संसारका सुन्दर ती मानव बस्ती
घुसीसकिस् लाखौ वस्ति भित्र अँझै कतिमा सर्छस कोरोना ?
छोडिनस् कोरेना  कलिला अनुहार अनि अशक्त वृद्धहरू
अघाइनस् र ? निर्दोष प्राण अँझै कति हर्छस् कोरोना ?
नमच्चा उन्माद धेरै संसार सचेत बनिसक्यो
बिनास तेरो निश्चित छ छिट्टै अब मर्छस् कोरोना।

प्रतिक्रिया

सम्बन्धित खवर

Top