होमपेज / कला/साहित्य
गोजी तिमी महान
उँचो छ तिम्रो सान
हुदैन कहिल्यै अवसान
कहिले सुर्काउछौ थैलीमा
कहिले फूर्काउछौ र्यालीमा
चोरबाटो बाट पस्न खप्पिस
मनुवा नचाँउदौ मदारी बनेर
साखिलै बन्छौ तिम्रै हुँ भनेर
तिम्रो मातको न्यानोमा
न त मुटुको व्यथा निको हुन्छ
न त जीवनको कथा निको हुन्छ
सर्वत्र राज छ गोजीको
अभ्युदय होस इमान र जमान खोजीको
गाजी उर्फ निमेक ।
लेखक नारायणी नमुना मा.वि. भरतपुर, चितवनमा अध्यापन गराउनु हुन्छ ।





.jpg)