होमपेज / कला/साहित्य
१९ असोज,सल्यान
दशक लामो समय देखि शिक्षन पेसामा प्रत्यक्ष सहभागी मोहन सिंह थापा को पुस्तक मोहन सर व्यक्ति र स्मृति आज असोज १९ गते सदरमुकाम खलंगा मा लोकार्पण गरिएको हो। पुस्तक विभिन्न क्षेत्रमा आवद्ध लेखकहरुले थापाको बारेमा लेखेका छन । पुस्तकमाथि टिप्पणी गर्दै सहभागिले यस्तो पुस्तकले शिक्षक विद्यार्थी र समग्र समुदायलाई सही मार्गदर्शन गर्न सक्ने एउटा इँटा थपेको बताएका हुन ।
उद्योग प्रयटन वन तथा वातावरण मन्त्री शुरेस अधिकारिले अध्ययनको क्रममा निकै नजिकवाट थापालाइ चिन्ने अवसर पाएको र उहाँ निकै दक्ष र साधा जीवन उच्छ बिचार राखने व्यक्तित्व भएको बताउनु भयो । उहाँले शिक्षक मोहन सिंह थापाले अध्यापन गराएका अधिकाश बिध्यार्थी अहिले पनि देश बिदेशका उच्च पदमा रहेको बताउनु भयो ।अधिकारिले मोहन थापा सर राजनितिक जिवनको प्रेणाको स्रोत समेत भएको बताउनु भयो।
पुस्तक टिप्पणी गदै केसव सिंह श्रेष्ठले सल्यानको शैक्षिक क्षेत्रमा लामो समय गर्नुभएको लगानी स्मरणीय रहेको भन्दै पेशागत लगाब सिक्न लायक भएको वताउनुभयो ।
दिवंगत शिक्षक मोहन सिहथापाको जीवन र ब्यवहार बारेमा डिल्लिराज रेग्मी,किसोर कुमार हमाल,वीर बहादुर सेजवाल,देवराज आचार्यले चर्चा गर्नुभएको थियो । मोहन सिंह थापा को पुस्तक मोहन सर व्यक्ति र स्मृति पुस्तक मा विभिन्न ४५ जना विद्यार्थी का संस्मरण सहभागि रहेको सम्पादक प्रविन भण्डारीले गर्नु भएको हो ।