ट्रेण्डिङ

होमपेज / कला/साहित्य

पाण्डे समाजले गर्यो पाँडेको विरोध

  सल्यान खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित हास्य व्यंग्य कार्यक्रम भद्रगोलका मुख्य पात्र ‘पाँडे’को चरित्रका ‘पाण्डे समाज’ले विरोध गरेको छ ।

पाँडे चरित्रप्रति विरोध जनाउँदै पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ले उत्पादक मिडिया हबलाई प्रेसविज्ञप्ती मार्फत ध्यानकर्षण गरेको छ । ‘पाँडे’ पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गरेको हुँदा समग्र पाँडेहरुको मनमा चोट पुगेको उल्लेख गरिएको छ ।

विज्ञप्ति यस्तो उल्लेख गरिएको छ – ‘पाँडे पात्रले कहिलकहि अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलकमा भरका पाण्डेहरुको मनमा चोट पुगेको छ ।’

त्यस्तै मुलुकमा एकीकरणदेखि हालसम्म मुलुकको विभिन्न स्थान र योग्यताबाट पुर्याएको उच्च स्तरका योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्ने दाबी पाण्डे समाजले गरेको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top