ट्रेण्डिङ

होमपेज / कला/साहित्य

विप्लव देशभक्त, प्रतिबन्धको प्रतिवाद हुन्छ : रेखा थापा

  सल्यान खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

कलाकार रेखा थापाले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्धको प्रतिवाद हुने बताएकी छन्।

बुधबार  बिहान ट्वीट गर्दै उनले सरकारले जबर्जस्ती युद्ध थोपर्न थालेको उल्लेख गरेकी छन्।

‘यो सरकार कसले चलाएको छ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो! देशभक्त ‘विप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हुने निश्चित छ,’ थापाले ट्वीटरमा लेखेकी छन्, ‘सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजी रहेको छ, जून क़ुरा दुर्भाग्यपूर्ण हुनेछ। आम नेपाली जनताले यो बिषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो!’

थापा केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top