ट्रेण्डिङ

होमपेज / कला/साहित्य

बरु भोकै बस्छु हेर, पेट मारी किन्छु भनिन्

गजल

  सल्यान खबर २०७७ पौष १ गते बुधबार १६:५३:०९ मा प्रकाशित

के चाहिन्छ सोधी हेरें, सिफन सारी किन्छु भनिन् ।
अझै राम्री हुन्छु भन्दै, सज्जा भारी किन्छु भनिन् ।।

उनी राम्री हुनुभित्र, म, राम्रीको राम्रो हुँ रे ।
बगैंचामा फूल फुलाउन, एक हजारी किन्छु भनिन् ।।

“धेरैतिर बल नगर, आवश्यक मात्र खोज” ।
बरु भोकै बस्छु हेर, पेट मारी किन्छु भनिन् ।।

न म माली न हुँ मालिक, सम्पत्तिको श्रेष्तेदार ।
राज उनले चलाउने रे, बरु भकारी किन्छु भनिन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

Top