होमपेज / स्वास्थ्य
इन्द्र बुढाथोकी जेठ ७,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका जिल्लाको पहिलो पुर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषण सम्पन्न भएको छ । विहिबार नगरपालिकाको सभा हलमा जिल्ला खोप समन्वय समिति र नगरपालिकाको खोप समन्वय समितिको सह आयोजनामा बनगाड कुपिण्डे नगरपालिकालाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा एवं प्रमाणीकरण गरिएको छ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख बेलराम रावलको अध्यक्षता तथा वनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख एवं पालिका खोप समन्वय समितिका संयोजक श्री कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत बासुदेव पोख्रेलले गर्नुभएको थियो।
घोषणा सभामा नगरपालिकाका उपप्रमुख श्री पुरुषोत्तम आचार्य, जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य,, स्वास्थ्य कार्यालय सल्यानका खोप फोकल पर्सन जनस्वास्थ्य अधिकृत तारा रिजाल, विषयगत शाखाका कर्मचारी, स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारी, १८ वटा स्वास्थ्य संस्थाका कर्मचारी, विद्यालयका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
स्वास्थ्य शाखा प्रमुख नवीन चौधरीले पूर्णखोपको परिभाषा, महत्व, वर्तमान अवस्था, स्थानीय तहका चुनौती र सफलताहरू, खोप ऐन २०७२, पूर्णखोप सुनिश्चितता तथा दिगोपना रणनीति, घरधुरी सर्वेक्षण, प्रमाणीकरण प्रक्रिया, नमुना सर्वेक्षण तथा अभिलेखीकरण र प्रतिवेदन प्रक्रियाबारे विस्तृत जानकारी गराउनुभएको थियो।
यस अवसरमा नगरपालिकाका प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्णखोप सुनिश्चितता अभियानलाई दीगो र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुनु सम्पूर्ण नगरवासीका लागि गौरवको विषय हो। यस सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय सबैको सहयोगमा पुर्ण खोप घोषण हुन सफल भएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन





.jpg)