होमपेज / समाज
वैशाख २५,सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो दार्मा गाउँपालिका फारुलाचौरबाट घुसखोला जाँदै गरेको रा १ त ४४९५ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका २ घुसखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी दार्मा गाउँपालिका २ का १७ वर्षीय ट्याक्टर चालक प्रदिप वि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते विक.लाई उपचारका लाग थुम्केसल्ली स्वास्थ्य चौकीमा लगिएकोमा स्वास्थ्य चौकीले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो ।
यस्तै दुंर्घटनामा दार्मा गाउँपालिका २ घुसखोलाका १७ वर्षीय टेक बहादुर वि.क र २२ वर्षीय विशाल वि.क घाइते भएको उहाँको भनाई छ । टेक बहादुर को थुम्केसल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने विशालको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । ट्याक्टर सडकबाट १५ मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छ्रैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





.jpg)