होमपेज / समाज
वैशाख २१,सल्यान
सल्यानमा हावाहुरीले दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ । प्रहरीका अनुसार आइतबार साँझ चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं नोक्सानी भएको छ ।
हावाहुरीले छत्रेश्वरी गाउँपालिका ४ जयचौर स्थित कोर्बाङ स्वास्थ्य चौकीको प्रशासनिक भवन, कालिमाटी गाउँपालिका ५ अमारेदमरका गणेश डाँगीको घर, शारदा नगरपालिका १३ साझखर्ककी तारी रोकाको घर नजिकै रहेको रुख ढल्दा दुई तले घर र टहरामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै शारदा नगरपालिका १ सुकेखोलाकी गिता केसी, शारदा नगरपाकिला १४ की विष्णु कुमारी बुढाथोकीले घर, सल्यान जिल्ला अस्पतालको इमर्जेन्सी वाडको डाक्टर बस्ने काउन्टर, बागचौर नगरपालिका २ खरिबोट ५५ वर्षीय नन्दलाल वली बागचौर नगरपालिका २ लस्तम का ४३ वर्षीय निमराज डाँगीको घरको जस्तापाता उडाएको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
यस्तै शारदा नगरपालिका १३ सल्लेरीका ४३ वर्षीय छविलाल रावतको घर, बनगाड कुपिण्डिे नगरपालिका ५ स्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन, शोही स्कुलको बाली विज्ञान समूहको प्रयोगातक टर्नेन र त्रिपाल, बनगाड कुपिण्डे नगरपालिका ५ चिउराका राजकुमार पुन र नन्दलाल रानाको घरको जस्तापाता उडाइ क्षति पुगेको जनाएको छ ।
पानी परि रहेको र क्षति विवरण संकलन भइरहेकाले क्षतिको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।





.jpg)