ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुघर्टना हुँदा चालकको घटनास्थलमै मृत्यु

  सल्यान खबर २०८३ बैशाख २६ गते शनिबार ०९:११:४७ मा प्रकाशित

 वैशाख २६,सल्यान 
सल्यानमा ट्याक्ट दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शनिवार बिहान करिब ७ बजेतिर सल्यान शारदा नगरपालिका १ श्रीनगरबाट छत्रेश्वरी गाउँपालिका १ दमाचौर जाँदै गरेको  भे १ त २०९० नम्बरको ट्याक्टर बागचौर नगरपालिका १० भाटभिटे स्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो । 

दुर्घटनामा परि ट्याक्टर चालक शारदा नगरपालिका १३ का २५ वर्षीय वसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो । भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामाग्री बोकेको ट्याक्टर सडक देखि ५० मिटर तल खसेको उहाँको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

 शुक्रबार  दार्मा गाउँपाकिला  ०२घुसखोला स्थित भित्री सडक खण्डमा फारुल्लाचौर देखि घुसखोला तर्फ जादै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडक देखि अं १५ मिटर तल खस्न जाँदा ट्याक्टर चालक सल्यान दार्मा गा.पा का १७ वर्षीय प्रदिप बि.क.को मृत्यु भएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top