ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

  सल्यान खबर २०८३ जेठ २ गते शनिबार १९:४५:२७ मा प्रकाशित

जेठ २,सल्यान 
सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागचौर नगरपालिका–५ चिलडाँले  निवासी २४ वर्षीय शंकर बादी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार गएको बैशाख १४ गते राति खाना खाएर सुतेकी २० वर्षीया सरिता बादी भोलिपल्ट बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि माइती पक्षले श्रीमान शंकर बादीमाथि हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

माइती पक्षले शंकरले पटक पटक मदिरा सेवन गरी श्रीमतीमाथि कुटपिट तथा मानसिक यातना दिने गरेको आरोप लगाउदै आएका थिए । पछिल्लो पटक पनि घरेलु विवादकै क्रममा सरिताको हत्या गरिएको उनीहरूको आरोप छ । श्रीमानले आफ्नै घरको भुइँतलामा कर्तव्य ज्यान गरेको भन्दै माइती पक्षले अनुसन्धानको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार घटनामा संलग्न रहेको आरोपमा शंकर बादीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । घटनाको प्रकृति, मृत्युको कारण तथा अन्य तथ्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top