होमपेज / अपराध
साउन १९,सल्यान
सल्यान प्रहरीले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्मा गाउँपालिका–४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
साउन १६ गते बालिका माथि जबर्जस्ती करणी गरेको आरोप चन्दलाई लागेको छ । आरोपित चन्दलाई सोमबार (साउन १८ गत)े पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इश्र्वर रोकायले जानकारी दिनु भयो ।
जबर्जस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यौनजन्य हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामा पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन संवेदनशील र प्रभावकारी रूपमा अनुसन्धान भइरहेको जनाएको छ।





.jpg)