ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानको रकमको सिमा झन्डै १२ करोड

  सल्यान खबर डेस्क २०८३ बैशाख २२ गते मंगलबार २१:०५:१४ मा प्रकाशित

वैशाख २२,सल्यान 
कर्णाली प्रदेश सरकारले सल्यानका दश स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान रकमको सिमा उपलब्ध गराएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तीन नगरपालिका र सात गाउँपालिकाका लागि झन्डै १२ करोडको वित्तीय समानीकरण अनुदानको सीमा निर्धारण गरेको हो । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४को दफा १८ को उपदफा (३) र कर्णाली प्रदेश वित्तीय हस्तान्तरण (व्यवस्थापन ) ऐन २०७४ को दफा ४ को उपदफा (१) र (२) बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस तथा मन्त्रीस्तरीय निर्णय अनुसार सीमा निर्धारण गरेर उपलब्ध गराइन्छ । 

बनगाड कुपिण्डे नगरपालिकाले १ करोड ६१ लाख ९१ हजार, शारदा नगरपालिकाले १ करोड ६२ लाख, बागचौर नगरपालिकाले १ करोड ५९ लाख ८३ हजारको सिमा पाएको छ । यस्तै गाउँपालिकातर्फ दार्माले १ करोड १४ लाख, कुमाखले १ करोड ३१ लाख ११ हजार, सिद्ध कुमाखले ८७ लाख  ११ हजार, छत्रेश्वरी गाउँपालिकाले १ करोड २४ लाख १७ हजार, कालिमाटीले १ करोड ३३ लाख २८ हजार, त्रिवेणी गाउँपालिकाले १ करोड ४ लाख ७४ हजार र कपुरकोटले १ करोड ९ लाख ८४ हजारको सीमा पाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top