ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

दार्मामा निःशुल्क आँखा शिविर: ११८ जना लाभान्वित, ३८ जनाको मोतिविन्दु शल्यक्रिया

  सल्यान खबर २०८३ बैशाख २२ गते मंगलबार २१:०९:५६ मा प्रकाशित

दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ११८ जना लाभान्वित भएका छन्। दार्मा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघअन्तर्गत राप्ती आँखा अस्पताल, रक्षाचौर दाङको प्राविधिक सहयोगमा दार्मा गाउँपालिका–३ स्थित दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मोतिविन्दु शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको थियो।
गाउँपालिकाका अनुसार शिविरमा सेवा लिएका ११८ जनामध्ये ३८ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको छ। शल्यक्रिया गरिएकामध्ये १६ जना पुरुष र २२ जना महिला रहेका छन्।

गाउँमै सेवा पाएपछि संसार देख्न पाएको दार्मा गाउँपालिका–५ का काशीराम कामीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उपचार कहिले होला जस्तो लागेको थियो, तर गाउँमै आँखाको ज्योति पाएँ।” दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतका अनुसार शिविरमार्फत स्थानीयवासीले आफ्नै गाउँमा विशेषज्ञ सेवा प्राप्त गरेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारमा महत्वपूर्ण सहयोग पुगेको उहाँको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष निमबहादुर के.सी.ले यस्ता शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। आँखा विशेषज्ञ डा. क्षमता सुवेदीले गाउँमै आँखा उपचार सेवा पु¥याउन पाउँदा निकै खुसी लागेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top