ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कालिमाटीबाट अवैध ५ नाल भरुवा बन्दुक बरामद

नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसिवि नियन्त्रण 

  सल्यान खबर २०८३ असार १ गते सोमबार २१:५३:५९ मा प्रकाशित

असार १,सल्यान 
सल्यान कालिमाटी गाउँपालिका ५ मा रहेको एक ओडारमा लुकाई राखेको अवैध पाँच नाल बरुवा बन्दुक बरामद भएको छ । कालिमाटी गाउँपालिका ५ जुमखोला स्थित हरियाली सामुदायिक वन भित्र रहेको ओडार भित्रबाट अवैध भरुवा बन्दुक सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जंगलको ओडारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सूचनाका आधारमा खोजतलास गर्दा ५ नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 

नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसिवि नियन्त्रण 

यस्तै प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बागचौर नगरपालिका १० मोखला स्थित शारदा  खोलामा बालुवा उत्खनन् गरि रहेको अवस्थामा रा १ क ७१९ नम्बरको जेसिवि नियन्त्रणमा लिइएको प्रहरील्े जनाएको छ । बालुवा उत्खनन् गर्ने जेसिवि चालक दार्मा गाउँपालिका ५ का २४ वर्षीय रवि खड्कालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी देवराज भट्टराईले बताउनु भयो । नियन्त्रणमा लिइएको सवारी साधनलाई आवश्यक कारवाहीका  लागि बागचौर नगरपालिकामा पठाइएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top